वाणिज्य बैंकहरुमा लगानी योग्य पुँजीको अभाव, कर्जा र निक्षेप दुवै घट्दो

काठमाडौं । लगानी योग्य पुँजी (तरला) सँग जुझि रहेका वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घट्दो क्रममा रहेको देखिएको छ । चैत महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा घटेको देखिएको हो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा घटेको हो ।

फागुन अन्तिम साताको तुलनामा चैतको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब र कर्जा ४ अर्ब रुपैयाँले घटेको छ ।

फागुन ३० गते बैंकहरुसँग ४३ खर्ब ३३ अर्ब निक्षेप रहेको थियो भने चैत ४ गते भने ४३ अर्ब २८ अर्ब निक्षेप मात्र रहेको छ ।

फागुन ३० गते वाणिज्य बैंकहरुले ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने चैत ४ गते आइपुग्दा ४१ खर्ब ६८ अर्ब रुपैयाँमा कर्जा झरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स