नेप्सेमा सूचीकृत राम्रा र बलिया कम्पनी ३६ वटा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको नयाँ वर्गिकरण सार्वजनिक गरेको छ । नेप्सेले माघ ८ गतेदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुलाई वर्गिकरण गर्न लागि आवश्यक विवरण माग गरेको थियो । सोहि अनुसार नेप्सेले संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्वजनिक गरेको हो ।

नेप्सेमा सूचीकृत ३६ कम्पनी ए वर्गमा परेका छन् ।

नेप्सेले गरेको वर्गिकरणमा राम्रो मानिने ‘ए’ वर्गमा मा २५ वटा वाणिज्य बैंक परेका छन् । एनआईसी एसिया बैंक बाहेक सबै वाणिज्य बैंक ए मा परेका हुन् । एनआईसी भने जेड वर्गमा परेको छ । त्यस्तै ए वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रो र उत्पादन समुहबाट शिवम् सिमेन्ट परेको छ । चुक्ता पूँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनी ए वर्गमा पर्छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/70d6ca8b1c4f330ec699232c0875910b.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स