नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार एभरेष्ट बैंक, एनएमबी बैंक, र गणपति लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार एभरेष्ट बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३०.३१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

एनएमबि बैंकको १२.५० प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९ सय ७७.८२५० कित्ता बोनस सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स