टीभीएस अपाचे १६०-२भी नेपालमा मूल्य, २ लाख ६९ हजार ९००

काठमाडौं । दुई तथा तीन पांग्रे सवारी निर्माता टीभीएस मोटरले नयाँ मोडल ‘अपाचे १६०-२भी’ नेपालमा सार्वजनिक गरेको छ ।

उक्त मोटरसाइकल टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भर्याङ्ग शोरुम मार्फत कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीहरुमार्फत सार्वजनिक गरेको हो । मोटरसाइकलको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

अपाचे १६०–२ भीको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेश गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करणभन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि १२०÷७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ ।

मोटरसाइकलमा रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रणबारे जानकारी गराइरहन्छ ।

अपाचे १६० टुभिमा बेस्ट इन क्लास आरटीआर ओभरस्क्वेर इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १४.१४ पीएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएममा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ । यसैगरि यसमा बेस्ट इन क्लास एमआईजी सस्पेन्सन सक अप राखिएको छ ।

यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरियन्टमा उपलब्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स