सेयर बजारमा जीवन बीमा कम्पनीको लगानी साढे ८ अर्ब, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले सेयर बजारमा करिब साढे ८ अर्ब रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सूचीकृत पश्लिक कम्पनीको साधारण सेयरमा ८ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको सेयरमा उक्त रकम बराबरको लगानी हुन् । बीमा कम्पनीहरुले बिमितबाट उठाएको रकम विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । बीमा कम्पनीहरु आफ्नो कुल लगानीको अधिकतमा १० प्रतिशतसम्म सूचीकृत कम्पनीको सेयर खरिद गर्न पाउँछन् ।

सञ्चालमा रहेका लाइफ इन्स्योरेन्स कम्पनीमध्ये २ वटाको मात्र सेयर बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ । जसमा नेपाल लाईफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेका छन् ।

सूचीकृत कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी लगानी नेपाल लाईफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाईफ इन्स्योरेन्सले २ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ सेयरमा लगानी गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गर्नेमा दोस्रो स्थानमा रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सेयरमा १ अर्ब ५३ करोड ७१ लाख रुपैयाँ लगानी रहेको छ ।

सूचीकृत कम्पनीको साधारण सेयरमा सबैभन्दा कम लगानी गुराँस लाईफ इन्स्योरेन्सको रहेको छ । गुराँस लाईफ इन्स्योरेन्सको सेयर बजारमा ६९ लाख रुपैयाँमा लगानी रहेको छ ।

मेट लाइफ इन्स्योरेन्सले भने सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छैन ।

जीवन बीमा कम्पनीको सेयरमा लगानी कति ? रकम लाखमा

स्रोत बीमा समिति

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स