रुसद्वारा पश्चिमी युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक हतियार प्रयोग

मस्को । रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

‘हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,’ रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा ‘विशेष सैन्य अपरेशन’ भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स