काठमाडौं । गरिमा विकास बैंकको विशेष साधारण सभा भदौ १५ गते आह्वान गरिएको छ । विशेष साधारण सभा सहारा विकास बैंकको प्राप्तिमा केन्द्रित हुनेछ ।
गरिमा विकास बैंकले सहारा विकास बैंककबीच सेयर आदना प्रदान अनुपात (सेयर स्वाप रेसियो) १ः१ निर्धारण गरिएको छ । संयुक्त कारोबार गरिमा विकास बैंक लिमिटेडको नामबाट हुनेछ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँ पुग्नेछ ।
बुक क्लोज मिती भदौ ९ गते तोकिएको छ ।