काठमाडौं । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होलीमनाउदैं गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा सौहार्दपूर्ण पुष्पको होली उत्सब आयोजना गरिएको छ ।
वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्ण को सुन्दर मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ र मिठो खीर प्रसाद दर्शनार्थीलाई निःशुल्कवितरण गरिन्छ । भगवान् श्री कृष्ण स्वयम् श्री चैतन्य महाप्रभूको रुपमा करिब ५३५ बर्ष अघि पश्चिम बङ्गाल को नवदीप, मायापुरमा प्रकट हुनुभएको हो, आज उनकै प्राकट्य तिथिमा भगवानलाई पुष्पको होली र भगवानको विशेष अभिषेकका साथ होली मनाइँदै छ । संसारभरी चिर परिचित श्रेदयपत्री प्रभुजीको विशेष प्रवचन र किर्तनले पनि आजको बिशेष शोभा बढाएको हो ।
हजारौं भक्तजनहरुको साथ बिहान४ः३० बजे देखि बिबिध कार्यक्रमका साथै हरे कृष्ण महामंत्रको नगर किर्तन बुढानिलकण्ठ स्थित भगवान् नारायण को परिक्रमा गरि उत्सव आयोजना गरिएको छ । कुनै बर्गीय र जातीयविभेद विना सम्पूर्ण जीवात्माको हित को लागि इस्कोन द्वारा बिभिन्न सेवा गरिदै छन् ।
जीवनका लागि भोजन नेपाल, भक्तिवेदांत हस्पिटल, भक्तिवेदांत गुरुकूल, भक्तिवेदांत पाठशाला लगायत विभिन्न प्रोजेक्टहरूद्वारा सेवा प्रदान गरिएको छ । आज हजारौं भक्तजनहरू सहित विभिन्न सांस्कृतिक कार्यक्रम र भजन संगै सन्ध्याको समयमा विशेष पुष्पहोली खेलिदै छ ।
हरेक शनिबार बिविध कर्यक्रमकामाझ हजारौं भक्तजनलाई भोजन को व्यवस्था हुने गर्दछ र आज फाल्गुण गौर पूर्णिमा को तिथिमा भगवान् कोअविर्भाव को तिथिमा सन्ध्या चन्द्रोदय को समय सम्म ब्रत बस्ने गरिन्छ । भगवानलाई अर्पित प्रसादम सम्पूर्ण उपस्थित भक्तजनलाई वितरण हुन्छ । इस्कोन नेपालका विभिन्न जिल्लामा अवस्थित ५५ बढी केन्द्रहरुमा पनि फूलको होली खेलिदै छ ।
आध्यात्मिक ज्ञान र भक्तिको खोजीमा हुनुहुन्छ भने हजुरहरूलाई उत्तम स्थान इस्कोनका विभिन्न केन्द्रहरुमागई मेडिटेसन (ध्यान), हरे कृष्ण महामंत्रको जप, सुन्दर भगवानका विग्रहको आरती, दर्शन र प्राथना गर्न सकिन्छ ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मिक संस्थाको रुपमा भक्ति वेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तर्राष्ट्रियस संस्था हो । यस संस्थाको मुख्य उद्देश्य भनेको मानिसले भौतिकजगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरू मार्फत लाखौ भक्तहरू इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मिक चेतनाको विकास गरी कृष्ण भावनाको प्रचार गरिरहेका छन् ।