निक्षेपको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानी साढे ३ गुणा बढी, निक्षेप र कर्जामा कुन कुन बैंक आक्रमक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा लगानी बढी देखिएको छ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले निक्षेपको तुलनामा कर्जा लगानी ३.४४ गुणा बढी देखिएको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा सञ्चालमा रहेका २७ वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँले बढेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब ३९ करोड निक्षेप संकलन गरेका थिए भने फागुन मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप ४३ खर्ब ३२ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

पहिलो ८ महिनामा वाणिज्य बैंकको कर्जा लगानी ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँले बढेको छ । असार मसान्तसम्म बैंकहरुले ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए भने फागुन मसान्तसम्म आईपुग्दा कर्जा लगानी ४१ खर्ब ७१ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

निक्षेपमा सन राईज बैंक अघि

निक्षेप बढाउनेमा सन राईज बैंक अघि देखिएको छ । फागुन मसान्तसम्म सन राईज करिब २० अर्ब रुपैयाँले निक्षेप बढाएको छ । गत आवको मसान्तसम्म सन राईज बैंकसँग १ अर्ब १० करोड २४ लाख रुपैयाँ निक्षेप रहेको थियो फागुन मसान्तसम्म बैंकको निक्षेप १ अर्ब ३० करोड १४ लाख रुपैयाँ पुगेको छ । ८ महिनामा सन् राइज बैंकले १९ अर्ब ९० करोड रुपैयाँले निक्षेप वृद्धि गरेको हो । उक्त अवधिमा सन राईज बैंकले २१ अर्ब २४ करोड कर्जा लगानी गरेको छ । असार मसान्तसम्म बैंकले १ खर्ब ७ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो भने फागुन मसान्तसम्म बैंकको कर्जा १ खर्ब २४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी २१.२४ प्रतिशतले बढेको छ ।

कर्जामा नेपाल बैंक अघि

चालु आवको पहिलो ८ महिनामा सबैभन्दा बढी कर्जा लगानी गर्नेमा नेपाल बैंक अग्र स्थानमा रहेको छ । नेपाल बैंकले फागुन मसान्तसम्म १ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । असार मसान्तसम्म नेपाल बैंकको कर्जा लगानी १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ थियो । ८ महिनामा नेपाल बैंकले ३० अर्ब ३५ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ । नेपाल बैंकले निक्षेप भने २१ अर्ब ६७ करोड रुपैयाँले बढाएको छ । असार मसान्तसम्म नेपाल बैंकको निक्षेप १ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ थियो भने फागुन मसान्तसम्म आईपुग्दा निक्षेप १ खर्ब ८५ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स