काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी. अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई.के.वाई.सी. सेवा संचालनमा ल्याएको छ ।
यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराईएको लिंकमा गएर ग्राहकहरुले आफ्नो खाताको के.वाई.सी. विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने छन् ।
आफ्नो के.वाई.सी. फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ ।
बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।