काठमाडाैं। नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
जस अनुसार निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको छ । यस संगै पेट्रोलको मुल्य प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५.३४ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।
साथै हवाई इन्धनको मूल्य पनि बढेको छ । निगमले आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर १५ रुपैयाले बढाएर प्रति लिटर १५१ रुपैयाँ कायम गरेको छ अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर २०० डलरले बढाएर प्रति किलोलिटर १४९५ डलर कायम गरेको छ ।