काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी र संघबीच बीमा सहकार्य गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले हस्ताक्षर गरे ।
सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई बीमाको फाइदाको बारेमा जानकारी दिएका थिए ।