सिटिजन्स बैंकमा १ महिनासम्म सेवा नै पिच्छे छुटै छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा चैत ७ गते देखि वैशाख ७ गते सम्म १ महिना लागू हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्यक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो । वैशाख ७ गतेको १५औ वार्षिकोत्सवलाई मध्येनजर  विभिन्न सेवामा भारी छुटको व्यवस्था गरेको हो ।

सो योजना अन्तर्गत डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पिओएस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा २०० क्यासब्याक पाउनेछन् । यसैगरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरूको लागि १०० को क्यास ब्याक पाउनेछन् ।

डिजिटल भुक्तानीको अर्को माध्ययम ई कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा ई कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी दिएको छ ।

त्यस्तै, बैंकले ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइलर इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए।टि।एम बाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स