साढे २ अर्ब चुक्ता पुँजी भएको विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र नेपालमा शाखा खोल्न पाउने

काठमाडौं । साढे २ अर्ब (२ करोड अमेरिकी डलर) भन्दा बढी चुक्ता पुँजी भएको बैंक तथा वित्तीय संस्थाले मात्रै नेपालमा शाखा कार्यालय खोल्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी बैंक शाखा इजाजत नीति २०१० लाई खारेजगरी ल्याएको नयाँ नीतिले उक्त व्यवस्था गरेको हो । यसअघि विदेशी बैंकहरुले नेपालमा शाखा कार्यालय खोल्नका लागि ८ करोड अमेरिकी डलर पुँजी आवश्यक पर्थ्यो।

नेपालमा शाखा खोल्नका लागि विदेशी बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा राष्ट्र बैंकबाट स्वीकृती लिनु पर्छ । नेपालमा शाखा खोल्न चाहाने बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय स्तरको क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराएको हुनु पर्नेछ । शाखा खोल्नका लागि आवेदन शुल्क स्वरुप ३ हजार अमेरिकी डलर बुझाउनु पर्नेछ । साथै वार्षिक नकिरण शुल्क बापत ५ हजार अमेरिकी डलर बुझाउनु पर्नेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/Notice-no-14-Foreign-Bank-Branch-Policy-2022-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स