एनसेलले ल्यायो फागु पुर्णिमाको अवसरमा सस्तो नयाँ डेटा प्याक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ ।

यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले अब कर सहित मात्र १२९ रूपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिदै प्रति दिन ७ दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र १९९ रूपैयाँमा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ ।

यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् ।

भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र १६९ रूपैयाँमा १०.५ जीबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् ।

पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए । अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र २६९ रूपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् ।

यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले अब मात्र ५९९ रूपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबारबाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स