बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेफर नेपालसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालको प्रमुख डा शुभ नाथ महतोले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ पहुँचमा ल्याउने लक्ष्य लिएको जानकारी दिएको छ ।

बैंकको अनुसार उक्त कार्यक्रम संचालनको लागि बैंकले र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निमार्ण गर्नेछ ।

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स