राइड शेयरिङमा थपियो जायर एप

काठमाडौं । नेपाली यूवाहरूमार्फत नेपालमै रोजगारी र सेवा दिने उद्देश्यले जायर एप सार्वजनिक सार्वजनिक भएको । राइड शेयरिङको बजारमा छुट्टै पहिचान बनाउने र अनलाइन तथा अफलाइन सेवा दिने गरी जायर एप सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उक्त एपको औपचारिक शुभारम्भ गरेका हुन् ।

नेपाली यूवाहरूले बनाएको यो एपले महिलाको रुची अनुसारको सेवा दिने उद्देश्यका साथ एपमा जायर पिंकको विशेषतासमेते राखिएको छ । यसले महिला राइडरबाट सेवा लिन र महिलाहरूलाई नै सहज होस् भन्ने उद्देश्य राखिएको जानकारी कार्यक्रममा दिइएको छ ।

पछिल्लो समय राइडिङ शेयर एपको भिडमा थपिएको यो एपमार्फत मोटरसाइकल र ट्याक्सी दुबैको सेवा लिन सकिने एप निर्माता कम्पनी सनबी होल्डिङले जानकारी दिएको छ । यसको नेतृत्व मिठाराज दाहालले गरेका छन् । दाहालका अनुसार एप सार्वजनिकसँगै यूवापूस्ताको टीमले केही गर्ने सोच र उद्देश्यलाई पूरा गर्दै एक गन्तव्यबाट अर्को गन्तव्य सहजै सेवा लिन सकिने सुविधा आफूहरूले दिएको बताए

एप सार्वजनिक गर्दै शिक्षामन्त्री पौडेलले थाकेको बटुवालाई सेवा दिन्छ भन्ने सन्देश दिएर आएकोले पनि यसको विशेषताले आफूलाई उत्साहित बनाएको बताए । उनले जायरको सफलताको कामना गर्दै आफ्नो तर्फबाट हुने साथ र सहयोग सधै रहने प्रतिकृया पनि दिए ।

एप प्रयोग गर्न सजिलो, सहज र उचित मूल्यबाट सेवा पाइने छ । यो एप प्रयोग गर्ने प्रयोगकर्ताको क्वाइन जम्मा हुने, क्वाइनलाई सापटीको रूपमा साथिलाई दिन मिल्ने तथा जम्मा भएको क्वाइनबाटै एपको सुविधा लिनसकिने सहितको विशेषता राखिएको कार्यक्रममा जानकारी दिइएको छ । एप स्थपनाको लागि पहिलो ६ महिना बढी चुनौतिपूर्ण हुने भएपनि यसले लक्ष्य प्राप्तिमा विभिन्न सेवा र सुविधा थप्नै अगाडि बढ्ेन जानकारी पनि दिएको छ ।

एपको वित्तीय सहयोग गर्ने ज्योति विकास बैंकका निमित्त महाप्रवन्धक रामहरि आचार्यले अरुलाई प्रेरणा दिने गरी जायर एप आएको बताए । उनले जायर टिमले लिएको उद्देश्य, एपबाट दिने सेवा र सुविधाले प्रयोगकर्तालाई आकर्षित गर्न सक्ने विश्वस्त आधारहरू रहेको पनि बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स