घरजग्गा कारोबार बढ्यो, फागुनमा ७४ हजार घरजग्गा किनबेच

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभावसँग जुझिरहँदा पनि घर जग्गाको कारोबार बढेको छ । चालु अर्थिक वर्ष माघ महिनाको तुलनामा फागुनमा जग्गाको कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा देखिन्छ । विभागका अनुसार फागुनमा मुलुकभर ७४ हजार ३६ वटा घरजग्गा कारोबार भएको छ । माघ महिनामा माघमा ५९ हजार ५ सय १६ घरजग्गा कारोबार भएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै ७५ हजार ४ सय १७ घरजग्गा कारोबार भएको छ ।

त्यस्तै भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २ सय २७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४ सय १२, पुसमा ७० हजार १ सय ६८ घरजग्गा कारोबार भएको छ ।

विभागका अनुसार जग्गा कारोबारवापत सबैभन्दा बढी राजस्व भने भदौमा उठेको छ । भदौमा ८ अर्ब २६ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सबैभन्दा कम राजस्व कात्तिकमा ५ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ । साउनमा ८ अर्ब १३ करोड ४१ लाख, असोजमा ७ अर्ब ३३ करोड २१ लाख, मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख, पुसमा ६ अर्ब ७० करोड ४२ लाख, माघमा ५ अर्ब ५० करोड १८ लाख र फागुनमा ६ अर्ब २६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स