प्रतिफल बढाउँदै बैंक, एनआईसी एशियाको आरओई सबैभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूका सेयरधनीले औसतमा करिव १३ प्रतिशत प्रतिफल पाउने भएका छन् । बैंकहरूको नाफा बढेर ६३ अर्ब ३७ करोड पुगेपनि बैंकहरूले दिने प्रतिफल भने त्यति बढ्न सकेको छैन । यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा भने सुधार भएको छ ।

यसको अर्थ सेयर लगानीकर्ताले बैंकमा एक सय रुपैयाँ लगानी गर्दा गएको आर्थिक वर्षमा १२.८३ रुपैयाँ प्रतिफल पाउँछन् भन्ने हो अर्थात आरओई भनेको सेयरधनीले पाउने लगानीको प्रतिफल हो । यस्तो कमाइलाई सेयरधनीको प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । गत आवमा २७ वटा वाणिज्य बैंकको औसत आरओई १२.८३ प्रतिशत रहेको छ ।

गएको आवको अन्त्यमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, सिभिल बैक तथा नेपाल एसबीआई बैंकको नाफा घटेको छ भने अन्य सबै बैंकले नाफा बढाएका छन् । अधिकांश बैंकको नाफा बढेसँगै सेयरधनीले पाउने प्रतिफल पनि बढेको छ । नाफाकै तुलनामा प्रतिफल बढ्दै जानुपर्ने सैद्धान्तिक मान्यता भएपनि केही बैंकको नाफा अत्याधिक भएपनि आरओई भने घटेको छ । बैंकहरूले चुक्ता पुँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको प्रतिफल घटेको हो ।

वृद्धि भएको चुक्ता पुँजीले बढेको सेयर संख्या, कोभिड महामारीले पारेको असर र प्रतिस्पर्धी बजारका कारण बैंकहरूले प्रतिसेयर आम्दानी बढाउन नसकेका हुन् ।

गत आवमा एनआईसी एसिया बैंक,सानिमा बैंक, नेपाल बङ्गलादेश बैंकले आफ्ना सेयरधनीलाई १८ रुपैयाँभन्दा बढी प्रतिफल दिने भएका छने भने सबैभन्दा कम प्रतिफल दिने बैंकहरूमा सिभिल बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक रहेका छन् ।

गएको आवमा एनआईसी एसियाले आफ्ना सेयरधनीलाई १८.६४ रुपैयाँ (प्रतिशत) प्रतिफल दिने भएको छ भने सानिमा बैंकले १८.०८ प्रतिशत प्रतिफल दिने भएको छ ।

हिमालयन बैंकको आरओई १७.५५ रुपैयाँ रहेको छ भने नेपाल बङ्गलादेश बैंकको आरओई १७.५४ प्रतिशत रहेको छ । सिद्धार्थ र प्राइम बैंकको आरओई क्रमश १६.२७ रुपैयाँ र १५.७५ रुपैयाँ रहेको छ ।

गत आवमा अत्यधिक नाफा गरेर बढी नाफा गर्ने पहिलो बैंक बनेको नबिल बैंकको आरओई १५.६३ रुपैयाँ रहेको छ । बैंकले गएको आवमा साढे चार अर्ब नाफा आर्जन गरेको छ ।

माछापुच्छ«ेको आरओई १४.४९ पैसा रहेको छ भने ग्लोबल आईएमई बैंकको आरओई १४.४५ रुपैयाँ रहेको छ । ग्लोबल आईएमई बैंक गत आवमा बढी नाफा कमाउने दोस्रो बैंकको सूचीमा परेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आरओई १४.३८ रुपैयाँ रहेको छ । कृषि विकास बैंकको आरओई १३.३२ रुपैयाँ, प्रभु बैंकको १३.०६, एनएमबि बैंकको १२.८६ रुपैयाँ, मेगा बैंकको १२.७९ रुपैयाँ आरओई रहेको छ ।
यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १२.७६ रुपैयाँ, कुमारी बैंकको ११.७७ रुपैयाँ र सनराइज बैंकको आरओई ११.२८ रुपैयाँ रहेको छ ।

बैंक अफ काठमाण्डू, नेपाल बैंक, लक्ष्मीको आरओई १० देखि ११ प्रतिशतकोबीचमा आरओई रहेको छ भने एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड बैंंक, सिटिजन्स, सेन्चुरी, नेपाल एसबिआई बैंक र सिभिल बैंकको आरओई अन्य बैंकको तुलनामा कम रहेको छ ।

बैंकको आरओई

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स