निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्न माग

विराटनगर । चर्को ब्याजदर विरुद्ध मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले विराटनगर राष्ट्र बैंक आगाडि आज धर्ना दिएको छ ।

उक्त संघलगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याजवृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।

सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरिहपन देखिएको, कूल निक्षेपको १८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नाका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो ।

सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । अर्का व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि राम्रो होइन भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स