काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी दिएको हो ।
हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने विभागको सूचनामा उल्लेख गरिएको छ ।
२०७६ चैतदेखि कोभिड–१९ का कारण सरकारले पहिलोपटक नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो ।
लामो समयदेखि बन्द रहेको अनलाईन आवेदन विभागले गत कात्तिक ९ गतेदेखि सुचारु गरेको थियो ।