लगानीकर्ता माथि शोषण भयोः नेपाल इन्भेष्टर्स फोरमका निर्वतमान अध्यक्ष रौनियार

काठमाडौं । सोमबार सेयर कारोबार सुरु भएको करिब २ घण्टामै ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा समस्या आउँदा कारोबार रद्द हुन पुग्यो । जसले गर्दा आमलगानीकर्ता सेयर कारोबार गर्न पाएनन् भने साथै कारोबारको यथार्त जानकारी पाउनबाट बञ्जित भए ।

कारोबार सुरुभएलगत्तै १६,१७ वटा ब्रोकर कम्पनीको सर्भरमा प्राविधिक समस्या आउँदा सेयर कारोबार हुन सकेन । सेयर कारोबार बन्द हुनु अघि नेप्से ०.१५ अंकले बढेर २६६८.११ विन्दुमा पुगेको थियो ।
लगानीकर्ता माथि धोका

नेपाल इन्भेष्टर्स फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियारले आज लगानीकर्ता माथि धोका भएको बताउँछन् । विगत लामो समयदेखि घट्दो क्रममा रहेको सेयर बजार बढ्दा लगानीकर्ता उत्साहित भएका थिए । बजार बढ्ने क्रममा रहँदा प्रावधिक समस्या देखाएर कारोबार रोक्नु भनेको लगानीकर्ताको भावनासँग खेलबाड भएको उनी बताउँछन् ।

नेप्से, सफ्टवेयर निर्मात कम्पनी र ब्रोकरको कमि कजोरीको मारमा लगानीकर्ता परेको उनको दावी छ ।

‘यो एक प्रकारको शोषण पनि हो । यसको क्षति पूर्ती कसले व्यर्होछ,’ रौनियारले भने, ‘लगानीकर्ताले न्याय पाउनै पर्छ ।’

लगानीकर्ताको सर्वोच्चो निकाय नेपाल धितोपत्र बोर्डले न्याय गर्नु पर्ने उनले बताए । गल्ती गर्नेलाई सेबोनले कारबाही गरेर लगानीकर्तालाई न्याय दिनु पर्छ ।

विगतमा ४४ खर्ब रुपैयाँ पुँजीकरण भइसकेको थियो । अहिले घटेर ३७ अर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ । मुलुककै कुल ग्राहर्थ उत्पादनको हाराहारीमा बजार पुँजीकरण पुगी सकेको अवस्था छ । जसको संरक्षणका लागि १५, २० करोड लगानी गरेर राम्रो सफ्टवेयर जडान गर्न नसक्दा यस्ता समस्या लगानीकर्ताहरुले सामना गर्नु परिरहेको छ ।

‘सिस्टममा खराबी देखिने समस्या बारम्बार आउने गरेको छ । यसलाई रोक्न नियमक निकाय र ब्रोकरहरुले आवश्यक कदम उठाउन सकेका छैनन्,’ उनले भने, ‘जसको मार लगानीकर्ताले खेप्नु परेको छ ।’

साथै, सेयर कारोबारका लागि प्रयोग भइरहेको सिस्टम कतिको विश्वासिलो छ भनेर पनि जाँच हुनु पर्ने उनको माग छ । यदि कमजोर सिस्टम प्रयोग भइरहेको छ भने लगानीकर्ताको खर्बको सम्पत्ति असुरक्षित हुने खतरा उच्च रहेको तर्फ पनि उनले सचेत गराए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स