फ्यान्टाको कलरफुल हामी क्याम्पेन

काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’को आयोजना गर्दैछ र यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुनेछ । यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ । जुनसुकै उमेर, लिंग, पेशा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ ।

यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रििट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ । यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने चन्चलतालाई देखाएका छन् । यो क्याम्पेनको अर्को विज्ञापनले चाँहि होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।

होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्दै छ, जुन काठमाडौं, पोखरा, इटहरी, धरान, हेटौंडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ । यी कार्यक्रमहरुमा रमाइला र सहभागितामुलक गतिविधीहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।

साथै फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापनहरु भिडियो,सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सन्जाल सहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स