इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका भुक्तानी केन्द्र र ईसेवा वालेटसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत भुक्तानी गर्न सकिनेछ ।

यसका साथै, प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिनेछ ।

प्रभु मेनेजमेन्ट रेमिट्यान्स सेवा बैंकिङ् सेवा, सहकारी लगायत अन्य छरपस्ट रुपमा रहेका विभिन्न सुविधाहरुलाई एउटै छातामा समेटेर जनस्तरसम्म पुर्याउनका लागि २०६९ साल असोज १० गते विधिवत शुभारम्भ भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स