निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन्। व्यावसायी रवि सिंह र निकोलश पाण्डेले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेकोमा सिंह प्यानलबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, सह–कोषाध्यक्ष, उपमहासचिव निर्वाचित भए । पाण्डेको टिमबाट ५ उपाध्यक्ष र कोषाध्यक्ष चुनिए। २ उपाध्यक्ष भने निर्विरोध भएका थिए ।
अध्यक्ष
रवि सिंह

वरिष्ठ उपाध्यक्ष
आङ्दोर्जी लामा

उपाध्यक्षहरू
प्रदेश १
मोहनप्रसाद अधिकारी
मधेस प्रदेश
शम्भू ठाकुर
बागमती प्रदेश
बालकृष्ण थापा
लुम्बिनी प्रदेश
टोपबहादुर रायमाझी
कर्णाली प्रदेश
रत्नबहादुर खड्का
सुदुरपश्चिम प्रदेश
प्रकाश सेठी

महासचिव
रोशन दाहाल

उपमहासचिव नीतिगत
शिवहरी घिमिरे
उपमहासचिव आन्तरिक
नरहरि थपलिया

कोषाध्यक्ष
हिरान श्रेष्ठ

सह(कोषाध्यक्ष
सन्तोष शाह

महासंघको २३औं साधारण सभा तथा १२औं अधिवेशनबाट उनी विजयी भएका हुन् । महासंघको अधिवेशनबाट एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, एसोसियट सहित ८ जना उपाध्यक्षहरु, एकजना महासचिव, दुईजना उपमहासचिव, एकरएक जना कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित कुल ४२ जना निर्वाचित हुने व्यवस्था छ ।

उक्त पदका लागि १०४ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए । महासंघको निर्वाचनका लागि ११ सय ९८ जना मतदाता थिए। त्यसमध्ये आइतबार सम्पन्न मतदानमा ११ सय ८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको साधारण सभा शुक्रबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको थियो । महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रवि सिंह, वर्तमान वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र निमार्ण व्यवसायी हुमनाथ कोइरालाले उमेद्वारी दिएका थिए ।

चुनावी मैदानमा उत्रिएका वर्तमान अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन् भने वर्तमान उपाध्यक्ष तथा अध्यक्षमा उठेका निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक र अर्का अध्यक्षका उमेद्वार बिकोई बिल्डर्सका सञ्चालक हुमनाथ कोइराला हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स