बैंकमा डिपोजिट बढ्न थाल्यो, ब्याजदर स्थिर

काठमाडौं । फागुन महिना लागेसँगै बैंकहरुमा निक्षेप बढ्न थालेको छ । फागुनको पहिलो ४ हप्तामा बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको फागुन २७ गतेसम्मको तथ्यांकअनुसार बैंकहरुले ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । माघ २९ गतेसम्म बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । पुसको तुलनामा माघमा बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो ।

निक्षेप बढ्ने क्रम सुरु भएसँगै बैंकहरुले चैत महिनाका लागि ब्याजदर बढाएका छन् । फागुन महिनाका लागि बैंकहरुले अधिकतम ११.०३ प्रतिशत ब्याजदर घोषणा गरेका थिए । चैतका लागि पनि फागुनकै ब्याजदर तोकिएको छ । बैंकहरुले प्रत्येक महिना १० प्रतिशतसम्म ब्याजदर बढाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, निक्षेप संकलन सुधार हुँदै गएकाले बैंकले चैत महिनाका लागि ब्याजदर बढाउन उपयुक्त ठानेनन् ।

फागुन २७ गतेसम्म बैंकहरुसँग ९५ अर्ब विदेशी रकम र ४२ खर्ब ३० अर्ब स्वदेशी रकम निक्षेपको रुपमा रहेको छ ।
उक्त अवधिमा बैंकहरुले ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । फागुनको तेस्रो हप्ताको तुलनामा चौथो हप्ता कर्जा १ अर्ब रुपैयाँले घटेको छ । तेस्रो हप्ता बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकहरुले फागुन २७ गतेसम्म ४१ खर्ब १७ अर्ब स्वदेशी रकम र ५२ अर्ब विदेशी रकम कर्जा लगानी गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स