सेयर कारोबार रोकिएको अवधिसम्म समय थप हुने

काठमाडौं । ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आई सेयर कारोबार रोकिएको अवधिसम्म समय थप हुने भएको छ ।

नेप्सेले ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोकेको हो ।

नेप्सेले ब्रोकर डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार १४ वटा ब्रोकरको डेटा सेन्टरमा समस्या देखिएपछि टिएमएस नचलेको बताए ।

ब्रोकरको डाटा सेन्टरमा देखिएको समस्या समधान भएपछि पुनः कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

यद्यपि कति समय थप्ने वा नथप्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स