निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

महासंघको १२औं महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि उनी पुनः निर्वाचित भएको हो । सिंहले ७६५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भएका छन् ।

यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमशः रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध भएको महासंघका प्रेस सल्लाहकार निर्मल अर्यालले जानकारी दिए । महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उपमहासचिव (नीतिगत)तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन्। निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स