७ महिनामा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ४० अर्ब रुपैयाँ नाफा कमाएका छन् । माघ मसान्तसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले ४० अर्ब २४ करोड ७५ लाख रुपैयाँ कमाएका हुन् ।

उक्त अवधिमा १ बैंकले ३ अर्बभन्दा बढी, ४ बैंकले २ अर्बभन्दा बढी, १५ बैंकले १ अर्बभन्दा बढी र ७ बैंकको नाफा १ अर्बभन्दा तल रहेको छ ।

माघ मसान्तसम्म सबैभन्दा उच्च नाफा गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ ।

२ अर्ब ८५ करोड रुपैयाँ नाफा सहित एनआईसी एसिया बैंक दोस्रो स्थानमा छ ।

नबिल बैंक २ अर्ब ६२ करोड नाफा सहित तेस्रो स्थानमा छ ।

प्राइम बैंकले २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ ।

१ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाउनेमा एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सिटिजन्स बैंक, माछापुच्छे बैंक, कुमारी बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, हिमालयन बैंक र कृषि विकास बैंक रहेका छन् ।

बैंक अफ काठमाडौं, सिभिल बैंक, सेञ्चुरी बैंक, सन राइज बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक र लक्ष्मी बैंकको नाफा १ अर्बभन्दा कम छ ।

बैंकहरुको नाफा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स