लगातार बढेको सुनको मूल्य आज यतिले घट्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ५ सयले घटेर १ लाख २ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स