बैंकिङ स्थायित्वको लागि चैतमा वाणिज्य बैंकहरूले ब्याज नबढाउने

काठमाडौं । वाणिज्य बैंकहरूले कर्जा लिनेहरूलाई राहत दिन चैत महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । निक्षेपको ब्याजदर बढाउँदा कर्जाको ब्याजदर पनि बढ्ने भएकोले बैंकिङ क्षेत्रलाई स्थायित्व दिन बैंकहरूले निक्षेपको ब्याजदर तटष्थ राख्ने सहमति गरेका हुन् ।

बैंकहरूले ब्याज बढाउँदा पनि निक्षेपमा खासै निक्षेप नबढेपछि चैत महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबीच सहमति भएको हो ।

गत शुक्रबार नेपाल बैंकर्स संघमा बसेको बैठकले चैत महिनामा फागुन महिना कै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो । शुक्रबारको छलफलपछि बैंकका सीईओहरूले चैतमा फागनुकै ब्याजदरलाई निरन्तरता दिने सहमति भएको नेपाल बैकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए । ‘ स्थायित्व दिनको लागि चैत महिनामा फागुन कै ब्याजदर कायम गर्ने सहमति भएको हो,’ उनले भने ‘फागुनमा ब्याजदर बढाउँदा पनि खासै आकर्षण हुन नसक्दा चैतमा ब्याजदर नबढाइ हेर्न खोजिएको हो ।’

बैंकर्सहरूको यो सहमतिअनुसार चैत महिनामा पनि बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११।०३ प्रतिशत ब्याजदर दिनेगरी नयाँ सूचना जारी गर्ने गर्ने छन् । बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने ब्याजदर बढाएर ११।०३ प्रतिशत पुर्याएका थिए । बैंकहरूले फागुन महिनामा राष्ट्र बैंकको सुझाव र पुराना निक्षेपकर्ताको आग्रहमा ब्याजदर ०।१० प्रतिशत थप गरी ११।०३ प्रतिशत कायम गरेका छन् ।

तर, ब्याजदर बढाउँदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर यथावत राख्ने निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स