वर्ष दिनकै न्यून मूल्यमा ओर्लिनबाट रोकियो एनआईसी एसियाको सेयर

काठमाडौं । लामो समयदेखि ओरालो यात्रामा रहेको एनआईसी एसिया बैंकको सेयर मूल्य वर्ष दिनको न्यून विन्दुमा पुग्नबाट रोकिएको छ । एनआईसी एसिया बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले अस्वीकृत गरेसँगै त्यसको असर सेयर मूल्यमा देखिएको छ ।

बैंकले पुँजी कोष ८.५ प्रतिशत कायम गर्न नसकेकाले राष्ट्र बैंकले बोनस सेयर वितरणमा रोक लगाएको हो ।
यो वर्ष बोनस सेयर नपाउने भएसँगै एनआईसी एसिया बैंकका सेयर धनीहरुले सेयर बिक्री बढाउँदा मूल्य घटिरहेको थियो । बैंकको सेयर मूल्य घटेर वर्ष दिनकै न्यून मूल्यमा आउने छाटकाट देखिएको थियो । तर, विहीबारदेखि नेप्से सूचकमा देखिएको सुधारसँगै एनआईसी एसिया बैंकको सेयर मूल्य पनि बढ्न थालेको छ ।

एक वर्षको अवधिमा एनआईसी एसिया बैंकको सेयर मूल्य अधिकतम १ हजार ८५ रुपैयाँ र न्युनत ७०१ रुपैयाँ रहेको नेप्सेको तथ्यांकमा देखिन्छ । बिहीबार सेयर बजारमा ५० अंकको छलाङ आउँदा पनि एनआईसी एसिया बैंकको सेयर मूल्य घटेको थियो । तर आइतबार नेप्सेमा शतकिय सुधार आउँदा एनआईसी एसिया बैंकको सेयर मूल्य ३.१७ प्रतिशतले बढेको छ । बिहीबार ७५८ रुपैयाँ रहेको बैंकको सेयर आइतबार २४ रुपैयाँले बढेर ७८२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स