महालक्ष्मी लाईफको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो ।

कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिगम्वर प्रसादले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

त्यसैगरी फागुन २८ गते शनिवार दोलखाको चरिकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

होटल पानारोमा मा कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो ।

महालक्ष्मी लाईफको एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मति प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

बीमा समीतिले बीमा सचेतनाको लागि कम्पनीलाई दोलखा,रौतहट, गुल्मी र ललितपुर जिल्ला दिए पछि सोही अन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स