नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाले सेयरभनीलाई वितरण गर्ने उक्त प्रस्तावित लाभांश पारित गरेको हो ।

साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्ग बाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण ‘ख’ वर्गबाट भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।

सभामा आ.व.२०७६र०७७ मा कम्पनीको सबै वित्तिय सुचांकहरु उत्साहप्रद रहेको जनाएको छ । कम्पनीका अनुसार कम्पनीको कुल बीमाशुल्क १५.१२ प्रतिशतले वृद्धि भई ९२६.७४ करोड पुगेको छ ।

जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई ३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले वृद्धि भई ३,१८५ करोड पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६र०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको बोनस समेत गरी कूल पूँजी ४ अर्ब ३ करोड नाघेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स