आइतबार जाल्पा लघुवित्त वित्तीयको सेयर कारोबार नहुने

काठमाडौं । आज (आइतबार) जाल्पाको स्पेसल प्रि-ओपन सेसनमा कारोबार भएको छैन । स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको सेयर अडर म्याच नभएपछि रेगुरल सेसनमा पनि कारोबार नहुने भएको हो।

अब सोमबारको स्पेसल प्रि-ओपन सेसनमा कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुचारु हुनेछ ।

शुक्रबार कम्पनीको १६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको छ ।

यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने व्यवस्था छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको (JALPA) सिम्बलबाट कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स