साउदीमा एकैदिन ८१ जनालाई मृत्युदण्ड, अहिलेसम्मकैं उच्च रेकर्ड

रियाद । साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएकोे छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कुल संख्याभन्दा बढी हो ।

‘उनीहरू सबैलाई घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो,’ साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)ले जानकारी गराएको छ ।

उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको मानिएका कैदीहरूसहित ‘आतंकवादी संगठनहरू’मा आबद्ध रहेको जनाइएको छ ।

अदालतका अनुसार उनीहरूले महत्त्वपूर्ण आर्थिकस्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा जनाइएको एसपीएले उल्लेख गरेको छ । ८१ जनामध्ये ७३ साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक थिए ।

एसपीएका अनुसार मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिका लागि तीन अलग-अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाइ गरेका थिए ।

तेलका लागि विश्वकै धनी खाडी मुलुकमा विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दर छ ।

शनिबारको फैसलाले एक दिनमा राज्यमा यस पहिले उच्च रेकर्ड गरिएको सबैभन्दा धेरै मृत्युदण्ड र सन् २०२१ को कुल ६९ मृत्युदण्डलाई पनि पछि पारेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स