साताको नेप्से परिसूचकः विकास बैंकका लागनीकर्ताले सर्वाधिक कमाए

 

काठमाडौं । यो साता नेप्से परिसूचक १९ दशमलव ८६ अंकले बढेको छ । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २५६६.९० विन्दुमा पुगेको छ । गत साता परिसूचक २५४७.४ विन्दुमा रहेको थियो । नेप्से परिसूचक गत साता तीन दिन र यो साता चार दिन बजार खुला भएको थियो ।

साताको पहिलो कारोबार दिन ३ दशमलव ६६ अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन १ दशमलव ५५ अंकले बढेको थियो । तेस्रो दिन ३० दशमलव ३६ अंकले घटेको बजार चौथो दिन ५२ दशमलव ३१ अंकले बढेर बन्द भएको हो ।

गत साता ३६ खर्ब ७ अर्ब ६० करोड ८० लाख रहेको कुल बजार पूँजीकरण यो साता ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ कायम भएको हो ।
यो साता गत साताको तुलनामा कारोबार रकम र कित्तामा भने कम भएको छ । गत साता १० अर्ब ५५ करोड ४३ लाख ९९ हजार बराबरको २ करोड २५ लाख २७ हजार ६८२ कित्ता सेयर कारोबार भएकोमा यो साता १० अर्ब २३ करोड ८३ लाख ६१ हजार बराबरको २ करोड १० लाख २५ हजार ८१ कित्ता सेयर कारोबार भएको हो ।

गत साता औषतमा ३ अर्ब ५१ करोड ८१ लाखभन्दा बढीको कारोबार भएकोमा यो साता औषतमा २ अर्ब ५५ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।

यो साता विकास बैंक समूह अगाडि

यो साता विकास बैंक समूहका लगानीकर्ताहरूले भने सर्वाधिक कमाएका छन् । विकास बैंक समूहको परिसूचक यो साता सर्वाधिक ३.११ प्रतिशत बढेको हो ।

यो साता कारोबारमा आएका १३ ओटा समूहगत परिसूचहरूमध्ये व्यापारिक र जीवन बीमा समूहको मात्र परिसूचक घटेको छ भने बाँकी सबै समूहको बढेको छ । यस साता व्यापारिक समूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले र जीवन बीमा समूहको शून्य दशमलव ६० प्रतिशत घटेको हो ।

यो साता होटल्स तथा पर्यटन समूहको १ दशमलव ५८ प्रतिशत, लगानी समूहको १ दशमलव ५२ प्रतिशत, बैंकिंङको शून्य दशमलव ८१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७६ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ९४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७० प्रतिशतले परिसूचक बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स