हिमालयन बैंकको मोबाईल बैकिङमा नेपालपे क्युआर आवद्ध

काठमाडौं । हिमालयन बैंकको मोबाईल बैकिङमा नेपालपे क्युआर आवद्ध भएको छ । अब बैंकका ग्राहकहरुले मोबाईल बैकिङ प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन् ।

साथै, बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्युआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआवद्धता कायम हुने गरी अग्रिगेटेड क्युआर पनि स्विकार गर्ने सुरु गरेको छ ।

एनसिएचएलको नेपाल पे क्युआर अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्किमसँग अन्तरआवद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपाल पे क्युआरलाई अग्रिगेटेड क्युआरको रुपमा लागु गर्ने हिमालयन पहिलो बैंक रहेको छ ।

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आवद्ध भएर आफ्ना ग्राहकहरुबाट मोबाइल बैंकिङ अथवा नेपालपे क्युआरमा आवद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स