भन्सार एजेन्टको लिखित परीक्षा उच्च अदालत पाटनद्वारा स्थगित

काठमाडौं । फागुन २८ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो ।

कृष्टिना थैवले भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिकरसमावेशी नभएको भन्दै भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।

भन्सार विभागले भन्सार एजेण्टको परिक्षा फागुन २८ गते दिउँसो २ बजे हुने गरि तय गरेको थियो । विभागले ४५ वटा परीक्षा केन्द्र तोकेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स