अब पर्यटकले फोनपेमार्फत् भुक्तानी गर्न पाउने

काठमाडौं । विदेशबाट नेपाल भ्रमणमा आउने पर्यटकले फोनपेमार्फत् भुक्तानी गर्न सक्ने भएका छन् । विदेशी पर्यटकले फोनपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्नसक्ने भएका हुन् । यस सेवाका लागि आज (बिहीबार) भिसा नेटवर्क र फोनपेबीच सम्झौता भएको छ ।

सम्झौतासँगै अब भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा क्यूआर कोडबाट वित्तीय कारोबार गर्न पाउने छन् । नेपालको फोनपे नेटवर्कले भिसासँग मिलेर क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्याइएको हो।

यसका लागि भिसा इनेबल भएको बैंकिङ एप आवश्यक पर्ने जनाइएको छ । यसका साथै भिसा नेटवर्कको ‘एमभिसा’ एप प्रयोगकर्ताले समेत भुक्तानी गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरु जसको मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल छ, उनीहरुले सजिलै फोनपेको क्यूआर कोडबाट कारोबार गर्नसक्ने फोनपेले जनाएको छ । यो सेवाले नेपाललाई डिजिटल रुपान्तरणमा सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

फोनपेले केही समयअघि खल्ती, प्रभुपे जस्ता भुक्तानी सेवा प्रदायकलाई समेत आफ्नो नेटवर्कमा भित्र्याएको छ । आगामी दिनमा नेपाली बैंकहरुको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट गर्ने जनाइएको छ ।

यो सुविधासँगै भिसा नेटवर्क प्रयोगकर्ताले साना(साना तरकारी पसलदेखि ठूलाठूला मल, होटल, रेष्टुरेन्टहरुमा सहज रूपमा क्यूआर भुक्तानी गर्न पाउने फोनपेले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स