महिला उद्यमीले लिने भए करिब १ खर्ब सहुलियतपूर्ण कर्जा (कुन शीर्षकमा कति ?)

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म महिला उद्यमशीलता कर्जा अन्तर्गत ८५ अर्ब ९९ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लिन स्वीकृत लिएका छन् । ८१ हजार २२७ महिला उद्यमीले उद्यमशीलता कर्जा अन्तर्गत लिएको कर्जा ८ करोड १२ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्ममा २ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँभन्दा सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको माघमसान्तसम्मको तथ्यांकअनुसार सो कर्जामध्ये २५ करोडभन्दा बढी कर्जा स्वीकृत भएको छ । माघमसान्तसम्म १ लाख ४२ हजार ३४४ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैकहरुबाट १ लाख २० हजार ८७१ जनाले कर्जा लिएका छन् । १ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ । सहुलियतपूर्ण कर्जाको लागि मात्र राष्ट्र बैंकले हालसम्म ११ अर्ब ५० करोड ८६ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिसकेको छ ।

राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत सबैभन्दा बढी ५८ हजार २६९ जनाले कर्जा माग गरेका छन् । शिक्षित युवा स्वरोजगार कर्जा अन्तरगत जम्मा बैंकिङ प्रणालीबाट १५१ जनाले मात्रै कर्जा लिएका छन् । गत असोजसम्म्मा यस्तामे संख्या १४९ रहेकोमा ४ महिनामा २ जनाले यस्तो कर्जाको स्वीकृति पाएका छन् ।

उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन राष्ट्र बैंकले तोकिएका निर्देशित क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले कृषि, जलविद्युत र साना तथा मझौला उद्योगमा निश्चित प्रतिशत कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स