अर्धशतकले बढ्यो नेप्से, कारोबार रकममा देखिन सुधार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । बिहीबार नेप्से ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको छ । आज नेप्से २.०८ प्रतिशतले बढेको छ ।

बिहीबार २२६ कम्पनीको सेयर ४३ हजार ५३८ पटक कारोबार भएको छ । ५६ लाख १० हजार ६३१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७९ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज अन्य उपसमूह बाहेक बाँकी सबै उपसमूह बढेका छन् । लाइफ इन्स्योरेन्स उपसमूह ३७१.८४ अंकले बढेको छ । अन्य उपसमूह ०.९५ अंकले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स