भारतले महाकाली नदी अतिक्रमण गरी बहाव नेपालतर्फ सारेकोमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको विरोध

काठमाडौं । नेपाल क्रान्तिकारी विद्यार्थी संघ तेह्रौं राष्ट्रिय सम्मेलन तयारी समितिले भारतले हालै महाकाली नदी अतिक्रमण तटबन्ध निर्माण गरेकोमा विरोध गर्दै विज्ञप्ति जारी गरेको छ । संयोजक प्रकाश गुरुङले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिको पूरा अंश यसप्रकार रहेको छ ।

भारतले हालै दार्चुला सदरमुकामसँग जोडिएको महाकाली नदी किनारमा पाँच किलोमिटर लामो ९ मिटर उचाइ र ७ मिटर चौडाइको तटबन्ध निर्माण र एक्स्काभेटर लगाएर महाकाली नदी अतिक्रमण गरी बहाव नेपालतर्फ सारेकोमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ विरोध एवम् भत्र्सना गर्दछ ।

भारतले गत वर्ष पनि भौराबगर पारीपट्टि नदीको बहाब नेपाल तर्फ फर्काउन बाँध निर्माण गरेको थियो । सो भूभाग २०७० सालको बाढी आउनुअघि महाकालीको बगर नै थियो । २०७० सालको बाढीले क्षति गरेको हुँदा त्यसबेला नेपालले महाकाली नदीमा पक्की तटबन्ध निर्माण शुरु ग¥यो, तर भारतीय प्रशासनले अवरोध ग¥यो ।

त्यसबेला दुई देशबीच नदी किनारको केही भाग छाडेर मात्रै तटबन्ध बनाउने सहमति भएको थियो । भारतले महाकाली नदी मिचेर तटबन्ध बनाएको हुँदा आउने वर्षाको बाढीमा नेपालको थप भूमि क्षति हुनेछ ।

यसबाट हुने जनधनको क्षति रोक्न देउवा सरकारले भारतसँग वार्ता गरी महाकाली नदीमा तटबन्ध निर्माण रोक्नु आवश्यक छ ।

नेकाबाट दार्चुलाका प्रतिनिधिसभा सदस्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु आफू मन्त्री पदमा बस्ने तर भारतले महाकाली नदी अतिक्रमण गरेको विरोध नगर्ने किन ? मन्त्री बडुले प्रम देउवा र भारतीय प्रम मोदीबीच फोनवार्ता गराई महाकाली नदी र सीमामा हुने भारतीय ज्यादती रोक्न लगाउनु आवश्यक छ ।

नेपालको सुदुरपश्चिमकै प्रधानमन्त्री देउवा र अन्य मन्त्रीहरू महाकाली नदी र सीमामा भारतीय अतिक्रमणविरुद्ध नबोल्नु खेदको विषय हो । भारतले नेपालको २६ जिल्लाका ७१ भन्दा बढी स्थानमा ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरेको छ, कालापानीमा सेना तैनाथ गरी नेपाली भूमि कब्जा गरेको छ, नेपाली भूमि गुञ्जी–लिपुलेकमा सडक बनाएको छ ।

नेक्राविसंघ भारत अतिक्रमित सम्पूर्ण नेपाली भूभाग फिर्ता गर्न गराउन नेपाल र भारत सरकारको ध्यानाकर्षण गराउँदछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स