थानी बन्दै, नेपाल आयल निगमको कार्यकारी निर्देशक

काठमाडौं । सरकारले इन्जिनियर उमेशप्रसाद थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने भएको छ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं अध्यक्ष बनेका ई. थानी प्रधानमन्त्री देउवाको पूर्ण साथ र सहयोग छ । सोही कारण उनको योग्यतामा प्रश्न लागेपनि देउवा सरकारले उनैलाई निगमको एमडीमा नियुक्त गर्न लागेको हो ।

प्रधानमन्त्री पत्नी आरजु देउवाको ठाडो निर्देशनमा नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) थानीलाई नियुक्त गर्न लागिएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । खबौंको कारोबार हुने आयल निगममा आरजुले आफू निकट ईन्जिनियर उमेशप्रसाद थानीलाई निगमको एमडीमा नियुक्त दवाव दिएकी हुन् ।

अधिकांश घाटामा जाने अर्थात सरकारी अनुदानबाट चल्दै आएको आयल निगमका लागि सक्षम व्यक्तिको चयन भन्दा पनि बालुवाटारमा बढी भेटी चढाउनेलाई अवसर दिने परम्परालाई देउवा सरकारले प्राथमिकतामा अझ बढी देखिएको छ ।

समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलको सिफारिसमा आरजुले थानीलाई एमडी बनाउन लागेकी हुन् । निर्माण व्यवसायी खरेल आरजुका निकट मानिन्छन् । थानीलाई निगमको एमडीमा नियुक्त गर्नका लागि आवश्यक चाजोपाँजो मिलाउने काम खरेलले लिएका थिए ।

नेपालको ‘क’ वर्गको निर्माण कम्पनीका अध्यक्ष खरेल र इन्जिनियरहरुको राजनीतिमा सक्रिय थानी मिल्ने साथी हुन् । इन्जिनियर थानीका सहकर्मीहरू भौतिक पूर्वाधार, सहरी विकासलगायत विकासे मन्त्रालयका उच्च पदमा आसिन छन् ।

कर्मचारी साथीहरूबाट प्राप्त सूचनाका आधारमा थानीले खरेललाई विभिन्न ठेक्का हात पार्न सहयोगी भूमिका निर्वाह गर्दै आइरहेका छन् । खरेल आफ्ना हितैषी आयल निमगको एमडीमा नियुक्त गरेर थानीको गुण तिर्न चहान्छन् ।

त्यसैका लागि खरेलले आरजुसँगको लबिङ तीव्र पारेका थिए । आरजुले पनि खरेलकै मान्छेलाई निगमको एमडीमा नियुक्त गर्ने आश्वसन मात्रै दिइनन्, आफूले दिएको बचनलाई पुरा गरेकी छिन् ।

मुलुकको प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा रहेका समयमा सरकारबाट हुने अधिकांश राजनीतिक नियुक्ती आरजुकै जोड बलमा हुने गरेको छ । त्यसैले पनि खरेलले आरजुसँगको मजबुत सम्बन्धलाई प्रयोग गरेर आफ्ना साथी थानीलाई निगमको एमडी नियुक्त गर्न गर्न ताँजोपाँजो मिलाएका हुन् ।

निगमको रिक्त रहेको एमडी पदका लागि १७ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये १ जना योग्यता नै पुगेन । निगम एमडीका लागि १६ जनाले व्यवसायिक कार्ययोजना र अन्तरर्वाता दिएका थिए । सोमध्येबाट आयल निगम कार्यकारी निर्देशक छनोट समितिले थानी, भट्ट र सिटौलाको नाम सिफारिस गरेको हो ।

पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको एमडीका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो । फागुन १२ गतेबाट आयल निगम एमडी छनोट समितिले आवेदकको अन्तरर्वाता शुरु गरेको हो ।

को हुन् थानी ?

थानी राजनीतिक रुपमा कांग्रेसमा आस्था राख्ने व्यक्ति ईन्जिनियर हुन् । उनी काँग्रेस इन्जिनियरहरूको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन् । साथै उनी काँग्रेसीहरूको समर्थनमा नेपाल इन्जिनियर एशोसियन अफ नेपालका महासचिव पनि भइसकेका छन् ।

पुल्चोक क्यामपसबाट इन्जिनियरिङ गरेका थानी नेविसंघको तर्फबाट विद्याथी नेता (सभापती) पनि भइसकेका व्यक्ति छन् । साथै राजनीतिक नियुक्तबाट उनी विद्युत प्राधिकरण र सडक बोर्डमा सञ्चालक सदस्य पनि बनेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स