हुन्डाईको ‘बेस्ट वाई’ योजना

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट वाई’ योजना ल्याएको छ । यो योजना नेपाल अधिराज्यभर लागु हुने छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउँनेछन् ।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको ‘बेस्ट वाई’ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर ३० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ र नयाँ ‘बेस्ट वाई’ योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्नेछ । यो योजना २०७८ चैत्र १९ सम्म लागु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स