सनराइज बैंक: नारी बचत खाता खोल्नेलाई प्रसूति हुँदा १० हजार रुपैयाँ दिने

काठमाडाैं । सनराइज बैंकले नारी बचत खातामा खाेल्नेहरुलाई विशेष सुविधा दिने भएकाे छ । बैंकले यस्ता खाता खाेल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ दिने भएको हो ।

यसका साथै यस खातामा घातक रोगमा ५ लाख रुपियाँसम्मको उपचार खर्च, ५ लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपियाँसम्म अस्पताल उपचार गरेको खर्च पाइने बैंकले जानकारी दिएकाे छ ।

बैंकले महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले यस्ताे याेजना ल्याएकाे जनाएकाे छ । यस्तै बैंकले यस्ताे याेजनाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन र उनीहरुलाई सशक्तिकरण गर्न सहयोग पुग्ने विश्वास रहेकाे जनाएकाे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स