काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गरिमा विकास बैंकको सेयर सूचीकृत भएको छ ।
गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २७ लाख २२ हजार ७०६ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
हाल सूचीकृत भएको २७ लाख २२ हजार ७०६ कित्ता र यस अघि कायम रहेको ३ करोड ६७ लाख ५९ हजार १ सय २६ कित्ता गरि अब गरिमाको कुल सूचीकृत सेयर संख्या ३ करोड ९४ लाख ८१ हजार ८ सय ३२ पुगेको छ।
गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभेपछि गत कार्तिक २८ गतेबाट एकिकृत कारोबार सुरु भएको थियो । गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।