महालक्ष्मी विकास बैंकद्वारा सुर्खेतका विद्यार्थीलाई झोला वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको छ । बैंकको सुर्खेत शाखाले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं। २ डोप्कामा रहेको उक्त विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो  ।

सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थिलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने आशा गरेको बताए । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने पनि जानकारी दिए ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स