प्रधान सेनापति र नेपालका लागि बंगलादेशका राजदूतबीच भेटघाट

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरीबीच आज (बुधबार) जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

जंगी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स