नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट यसरी हेर्नुस नतिजा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आईपीओ बाँडफाँट भएको छ । आज दिउँसो बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जमलको एल्लो प्यागोडा होटेलमा सेयर बाँडफाँड गरेको हो ।

आईपीओमा कुल २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेकोमा ४ हजार १ सय १६ जनाको आवेदन रद्द भई २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जानकारी दिएको छ ।

आईपीओमा २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदनलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले सेयर पाएका छन्। १० कित्ता सेयर पाएकाहरुलाई पुन दोस्रो पटक गोलाप्रथामा समावेश गर्दा थप ३ जनाले थप १ कित्ताको दरले सेयर पाएका छन् ।

जस अनुसार ७७ हजार ४ सय ५३ जनाले १० कित्ता सेयर पाएका छन् भने ३ जनाले ११ कित्ता सेयर पाएका छन् । २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

आईपीओको नतिजा यी ४ तरिकाबाट हेर्न सकिने छ ।

ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्द लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिने छ ।

मेरोसेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । आईपीओको नतिजा हेर्न केहि समय लाग्ने क्यापिटलले जनाएको छ । मेरोसेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स